मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री ओलीको कार्यक्रममा निर्मला पन्तलाई न्याय माग्ने सात जना यूवा पक्राउ



प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममा ‘निर्मलाको हत्यारा खै ?’ लेखेको टिसर्ट लगाएर जाने युवालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढीमा शुक्रबार आयोजित ओली समूहको नेकपाको आमसभामा ‘जस्टिस फर निर्मला’ लेखेको टिसर्ट लगाएर गएका केही युवालाई पक्राउ गरिएको कैलालीका डिएसपी प्रतीक विष्टले बताए।

उनले केही युवालाई नियन्त्रणमा लिएको भए पनि उनीहरूको नामठेगाना नखुलेको बताए।

नेकपा ओलि समुहलेले शुक्रबार धनगढीमा प्रदेश स्तरिय सभाको आयोजना गरेको थियो । सो कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली धनगढी पुगेका थिए।

आजै ‘प्रचण्ड’–माधव नेपाल समूह र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् ।

शुक्रबार नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूह र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको बिरोध गर्दै पुतला दहन गरेका हुन् ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ११ : ५० बजे