नेपाली काग्रेसका युवा नेता प्रदिप पौडेलले प्रधानमन्त्री केपी शर्मा आलीले संविधान र लोकतन्त्रमाथि खूलमखुला आक्रमण गरेको बताएका छन । नेपाली कांग्रेसले आज ३ सय ३० निर्वाचन क्षेत्रमा बृहत विरोध प्रदर्शनमाआाज तनहूँको खैरेनीटारमा सम्बोधन गर्दै ओलीको रबैया बिरुद्द नेपाली काँग्रेस सडकमा आएको स्पष्ट पारे ।
नेता पौडेलले ओलि सरकार र नेकपाका कारण देश तहसनहस हुन आटेको धारणा राख्दै अब जनताले खबरदारी गर्नुपर्ने समय आएको दाबी गरे ।कम्युनिष्टहरुका कारण सधै देशले राजनितिक अस्थिरता झेल्नु परेको भन्दै बर्तमान ओलि सरकारले पनि देशमा राजनितिक अस्थिरता निम्त्याउन खोजेको पौडेलले आरोप लगाए ।
देश र लोकतन्त्रको रक्षाको निम्ति पुन काङ्ग्रेस जनताको बिचमा आएको बताउदै नेता पौडेलाले अब आन्दोलनलेनै ओलि सरकारलाई ठिक ठाउमा ल्याउने दाबी गरे ।








