परराष्ट्रमन्त्री ज्ञवाली भारततर्फ, मोदीलाई पनि भेट्ने कार्यक्रम



नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन विहीबार(आज) परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत गएका छन् । बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने दुई दिने बैठकमा भाग लिन उनी भारत गएका हुन ।

बिहीबार नै संयुक्त आयोगको बैठक सुरु हुनेछ । शुक्रबार बैठक सम्पन्न भएपछि ज्ञवालीले राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उनी शनिबार स्वदेश फर्कनेछन् ।परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल भारत द्धिपक्षीय विविध आयामसहित व्यापार, उर्जा, सीमा, पारवहन, कोभिड १९, सहकार्य पूर्वाधार, कृषि, पर्यटनलगायत विषयमा छलफल हुनेछ ।

ज्ञवालीले बैठक पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । भ्रमण दलमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव, सहसचिव, भारतका लागि नेपालका राजदूतलगायत छन् । ज्ञवालीले शुक्रबार नेपाल–भारत सम्बन्धबारेको एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने छन्

प्रकाशित मिति : माघ १, २०७७ बिहिबार  ९ : ०० बजे