कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले बर्तमान सरकार र नेकपाका कारण देश सङ्कटमा फसेको बताएका छन ।संसद विघटनका विरुद्ध नेपाली कांग्रेसद्वारा देशभरिका सबै पालिकाहरुमा गरिएको विरोध कार्यक्रमको क्रममा नवलपुर जिल्लाको देवचुली नगरपालिकामा भएको विरोध सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओलि सरकारले अलोकतान्त्रिक गैरसंवैधानिक ढङ्गले संसद विघटन गरेर देशलाई राजनितिक सङ्कट तर्फ धकेलेको बताएका हुन ।
बिरोध सभामा बोल्दै महामन्त्री कोइरालाले संसद विघटन गरेर ओलि सरकारले जनतालाई धोका दिएको आरोप लगाए । जनतालाई पटक पटक धोका दिएकोले अब कम्युनिष्ट पार्टिहरुको आयु लामो नरहेको कोइरालाले दाबी गरे । आगामी निर्बाचनबाट कम्युनिष्ट पार्टिहरुलाई जनतालेनै किनारा लाउने कोइरालाको भनाइ थियो ।
संसद विघटन गरेर बर्तमान सरकारले राजनितिलाई फेरी अस्थिर बनाएको र बिकास निर्माण ,देशको सम्बृद्दी र जनजिबिकाका सवालहरुलाई ओझेलमा पारेको महमन्त्री कोइरालाले आरोप लगाए ।कम्युनिष्टहरुबाट देशले बिकाश र सम्बृद्दी नपाउने पुर्णत : प्रमाणित भइसकेकोले अब कांग्रेस एकजुट भएर देश निर्माणमा लाग्नुपर्ने कोइरालाको भनाइ थियो ।
महामन्त्री कोइरालाले पार्टी भित्रका सानातीना मतभेदहरुलाई छोडेर कांग्रेसले घोषणा गरेको आन्दोलनमा एक्जुट हुन पनि सबैलाई आग्रह गरे ।कोइरालाले ओलीको कदम विरुद्द काँग्रेसले आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने बताउदै आन्दोलनलाई नै चुनावको तयारीको रुपमा प्रयोग गर्न काँग्रेस समर्थकहरुलाई आह्वान समेत गरे ।








