ओली जुन शक्तिको विरोध गर्थे उसैसँग लम्पसार परे : प्रचण्ड



नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले आफूहरु हिंसात्मक आन्दोलनतर्फ नजाने स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा दाहाल–नेपाल समूहनिकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै दाहालले हिसांत्मक आन्दोलनतर्फ नजाने स्पष्टीकरण दिएका हुन् ।

कार्यक्रममा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री केपी ओली खोक्रो राष्ट्रवादी भएको आरोप लगाए ।प्रचण्डले भने,“हिजो उहाँले जुन जुन शक्तिलाई विरोध गरेर राष्ट्रवादको नारा लगाउनुहुन्थ्यो तीनैसँग कुनै न कुनै रुपले लम्पसार परेर पार्टी फुटाइछाड्ने दुस्साहस गर्नुभयो । म अरु कसै विदेशीलाई दोष दिन चाहेको पनि छैन । मलाई कसैप्रति केही भन्नु छैन ।”

सम्बोधनको क्रममा दाहालले आफैंले बनाएको प्रधानमन्त्रीले संविधानको हत्या गर्न खोजेको पनि टिप्पणी गरे ।

प्रकाशित मिति : माघ ६, २०७७ मंगलबार  ११ : २० बजे