संसद विघटनका बिरुद्धमा परेका रिटहरु उपर संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आज९बुधबार०बाटै इजलासमा बहस गर्ने अधिवक्ताका लागि समय सुरु भएको र सकिने अवस्थाबारे जानकारी दिन ‘टाइमर’ राखिएको छ । सो टाइमर ३० मिनेटमा बज्नेछ ।
रिट निवेदककातर्फबाट अधिवक्ताहरुले खुल्ला समयमा बहस गर्दै जाँदा बहस लम्बिने र मुद्दाको टुंगो लाग्न धेरै समय लाग्ने अवस्था देखिएपछि प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाले अधिवक्ताहरुलाई बोल्नका लागि समय नै छुट्याएका हुन ।बुधबारको बहस सुरु हुँदै गर्दा प्रधानन्यायाधिश राणाले अधिवक्ताहरुका लागि आधा घण्टा समय निर्धारण गरिएको जानकारी गराएा थिए ।वरिष्ठ अधिवक्ता डा। चन्द्रकान्त ज्ञवालीले इजलासको सुनुवाइमा बहस गर्न लाग्दा प्रधानन्यायाधिश राणाले समय निर्धारण गरिएको बारे जानकारी दिएका थिए ।
‘आजदेखि बहसका लागि हामीले समय निर्धारण गरेका छौं, डा। साबले आधा घण्टा भित्र बहस गरेर सहयोग गरिदिनु होला,’ सुनुवाइ सुरु गर्दै गर्दा प्रधान्नयायाधिश राणाले भने । सो क्रममा वरिष्ठ अधिवक्ता ज्ञवालीले भने १ घण्टा समय दिन माग गरेका थिए ।संसद विघटनबारे परेका रिटहरुमा संवैधानिक इजलासमा सुनुवाइ जारी रहँदै आएकोमा गत आइतबारबाट नियमित रुपमा इजलासमा सुनुवाइ गर्न थालिएको हो ।बहसमा भाग लिन तीन सय बढी अधिवक्ताहरुले नाम समेत टिपाइसकेका छन । प्रधानन्यायाधि राणाले रिटमाथिको मुद्दालाई चाँडो टुंगो लगाउन सातामा दुई दिनमात्र बस्ने संवैधानिक इजलास गत आइतबारबाट नियमित गर्दै आएका छन ।प्रधान न्यायाधीश राणाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन ।








