कांग्रेस केन्द्रीय समितिको बैठक : आन्दोलनको रणनीति बनाउने



कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी कार्यलय सानेपामा बस्ने भएको छ । बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी र संसद विघटनविरुद्धको आन्दोलनबारे छलफल हुने बताइएको छ ।केन्द्रीय समिति बैठक अघि हिजो पार्टी कार्यालय सानेपामा दुबै पक्षका नेताहरु छलफलमा जुटेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्।

पार्टी कार्यालयमा दुबै पक्षका नेताहरुको बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु महामन्त्री शशांक कोइरालाको निवासमा भेला भएका थिए। नेताहरुले संसद विघटन असंवैधानिक भएकाले आन्दोलनका थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन घोषणा गरिहाल्ने पक्षमा नभएको नेताहरु बताउँछन्।

प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार  २ : ४१ बजे