प्रतिनिधि सभा विघटनविरुद्ध सर्बोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार पनि बहस सुरु भएको छ ।रिट निवेदकका तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापाले सोमबार दिउँसो सुरु गरेको बहस मंगलबार पनि प्रारम्भमा निरन्तरता दिएका छन् ।
अधिवक्ता शम्भु थापाले संसद्मा नगई प्रधानमन्त्री र संसद् समाप्त नहुने बताए ।उनले प्रधाननमन्त्री केपी शर्मा ओलीले संविधानभन्दा बाहिर गएर विघटन सिफारिस गरेको भन्दै त्यस्तो अधिकार संविधानले नदिएको जिकिर गरे ।
थापाले भने, ‘‘सदनमा नगइकन प्रधानमन्त्री र संसद् समाप्त हुँदै हुँदैन । सरकार चलाउन मन नभए राजीनामा दिने हो । संसद् विघटनको अधिकार नै छैन ।








