कांग्रेसले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलन :यस्ता छन कार्यक्रम



प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाली कांग्रेसले तेस्रो चरणका आन्दोलन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले  आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

कांग्रेसले तेस्रो चरणका आन्दोलनमा भातृ तथा शुभेच्छुक संस्थाको नेतृत्वमा पनि आन्दोलन का कार्यक्रम सार्बजनिक गरेको छ । १९ माघमा भ्रातृ संस्थाको नेतृत्वमा ७७ वटै जिल्लमा प्रदर्शन हुने छ । यसैगरी २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा र ३० गते सबै जिल्लामा जिल्ला कार्यसमितिहरुको नेतृत्वमा नेतृत्वमा प्रदर्शन गर्ने निणर्य कांग्रेस बैठकले गरेको छ ।

आजको बैठकमा सभापती देउबासग असहमत नेताहरुले राष्ट्रिय  रुपमै  आन्दोलनका कार्यक्रम तय गर्नुपर्ने आवाज उठाएपनी सभापती देउबा सहमत नभएपछी सबै जिल्ला र स्थानिय स्तरका आन्दोलन कार्यक्रम घोषणा गरिएको एक नेताले न्यू सञ्चारलाई बताए ।

आजको बैठकले महाधिवेशनबारे पनि केही निर्णय गरेको छ।माघ मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउन पनि निर्देशन दिइएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार  १२ : १८ बजे