पर्वतारोहणको क्षेत्रमा काम गर्ने ठुलो सङ्ख्यामा पर्वतारोहीहरु नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।लोकतान्त्रिक पर्वतारोही तथा पर्यटन व्यवसायीद्वारा काठ्माण्डौमा आयोजित एक कार्यक्रममा ५० भन्दा धेरै पर्यटन व्यवसायी तथा पर्बतारोही कांग्रेसमा प्रबेश गरेका हुन ।
पछिल्लो पटक नेकपा टुट्फुटले निम्त्याएको राजनितिक परिस्थितीबाट निरास बनेको र कांग्रेस बिना देशमा स्थिरता र बिकास सम्भब नभएको देखेर आफुहरु कांग्रेस प्रबेश गरेको उनिहरुले बताए ।
नबप्रबेशिहरुलाई नेपाली कांग्रेसका सह–महामन्त्री डा .प्रकाशशरण महत ,केन्द्रिय सदस्य बलबहादुर केसि, युवा नेता उदयशम्शेर राणा, कांग्रेस नेता जिप छिरिङ लामा ,कांग्रेस नेता एबम समाजसेवी ब्यबसायी प्रकाश सिंह कार्कि, कांग्रेस नेता तथा पर्यटन ब्यबसायी आङछिरिङ शेर्पा, सीता गुरुङ, याङ्किला शेर्पासहितका नेताहरूले स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरुले नेकपा नेताहरुको व्यक्तिगत स्वार्थका कारण प्रतिनिधि सभा भङ्ग भएको र देश अस्थिरताको बाटोमा गएको भन्दै सरकार र नेकपाको चर्को आलोचना गरे ।कम्युनिस्टहरूको असक्षमता पुष्टी भइ सकेकोले अब देशमा कांग्रेसको बिकल्प नभएकोमा उनिहरुले जोड दिए ।
उक्त कार्यक्रममा कांग्रेस सोलुखुम्बुका नेताहरु राम बहादुर बस्नेत,सुर्य कुलुङ लगायतको उपस्थिती थियो ।








