नेपालको संविधानको धारा १० (१)ले भन्छ नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बन्चीत गरिने छैन । तर खोटाङको बराहपोखरी गाँउपालिका वडा नं २ सुन्तलेका आशिस श्रेष्ठले आफु नागरिकताको सिफारिस पाँउ भनि वडा कार्यालयमा दिएको निवेदन ४ दिन सम्म बिचाराधिन रहयो । नागरिकता बनाउनका लागि काठमाण्डौ बस्दै आएका श्रेष्ठ वडा कार्यालय माघ ११ गते सुन्तले पुगेका थिय । वडा कार्यालय पुगे पछि श्रेष्ठले नागरिकता बनाउन आवश्यक पर्ने सबै कागजात सहित वडा अध्याक्षलाई निवेदन बुझाए तर वडा अध्यक्ष अम्बर ब मगरले आफु नागरिकताको सिफारिस दिन नसक्ने भन्दै पन्छिए ।
वडा अध्याक्षले आफु सिफासि दिन नसक्ने भन्दै पन्छिए पछि श्रेष्ठले भने, किन मैले नागरिकता नपाउने भनि प्रश्न गर्दा निज श्रेष्ठका बुबा भक्त श्रेष्ठले वडा अध्याक्षलाइ नागरिकता सिफारिस नदिन भन्दै रोकेको कुरा खुल्यो । तपाईको सबै कागज पत्र पुरा पुगेको छ, तपाईले नागरिकताको सिफारिस पनि पाउने हो तर अहिले म दिन सक्दीन तपाईको बुबाले नदिनु भनेको छ भन्दै वडा अध्यक्षल आफ्नो जिम्मेवारी र पदको दुरुपयोग गरे । त्यस पछि श्रेष्ठले आफ्नो नागरिकता प्राप्तीको लागि सिफारिस पाउन बैधानिक बाटो खोजि गर्न थाले । श्रेष्ठले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई फोन गरे र भने सिडियो साब मैले नागरिकता बनाउन आवश्यक पर्ने सबै कागजपत्र पुरागरि वडामा सिफारिसका लागि निवेदन दिएको तर वडा अध्यक्षले दिन मान्नु भएन अब म के गर्न सक्छु ? प्रति उत्तर दिदै प्रजिअले भने वडा अध्यक्षले कागज पत्र पुगेको सिफारिस रोक्न मिल्दैन सिफारिस सङगै सनाखत गर्ने मान्छे लिएर आउनुहोस नागरिकता पाउनु हुन्छ ।
यतिबेला सम्म श्रेष्ठले वडामा निवेदन दिएको ४ दिन बितेछ, र पनि वडा बाट सिफारिस नपाए पछि श्रेष्ठले काङग्रेस युवा नेता बाजिन्द्र बिष्टलाई गुहार मागे । युवा नेता बिष्टले वडा अध्यक्षलाई फोन गरी के कति कारणले सिफारिस नगरिएको हो ?? भन्दै पदको दुरुपायोग गरेमा अख्तीयार जाने भने पछि वडा अध्यक्ष मगरले आनाकानी गर्दै श्रेष्ठलाई नागरिकता बनाउने सिरफारिस दिए । अझै संंविधानको धारा ११को उपधारा ३ ले संविधान जारी हुदा निजका बाबु आमा नेपाली भए निज बालिग भएपछि वंशजको आधारमा नागरिकता पाउने अधिकारको व्यावस्था गरिएको छ । साथै जिल्ला प्रशासन कार्यालयको नागरिक बडा पत्रमा लेखिएको छ आवश्यक सबै कागज पत्र पुरा भएर आएको सिफारसिका आधारमा सोहि दिन नागरिकता प्रदान गरिने छ । उहि आशिस श्रेष्ठले आज ईलाका प्रशासन कार्यालय खोटाङ बजारमा नागरिकता पाउन निवेदन दिए वडा अध्यक्ष मगरले जस्तै व्यवहार देखाए ईलाका प्रशासन खोटाङ बजारका प्रमुख मनोज कुमार राईले पनि । सबै प्रकृया पुगेको छ सनाखत गर्ने आमा पनि साथमा छन तै पनि बुबाले फोन गरेर नदिनु भन्नु भएको छ म तपाईलाई नागरिकता दिन सक्दीन प्रमुख राई भन्छन ।
यस पछि काङग्रेस युवा नेता बिष्टले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई फोन गरेर सोधे सबै प्रकृया पुग्दा पनि किन नागरिकता दिन नमिल्ने ? प्रतिउत्तरमा प्रजिअ शर्माले केहि दिन पर्खै ! व्यावहारिक कुरा पनि बुझौ ! निजको बुबाले पनि मलाई केहि दिन पर्खिदिनु भन्नु भएको छ उनिहरुलाई तेहि भन्दीनुहोस भने । आशिसकी आमा सर्मिला श्रेष्ठले आफु काठमाण्डौमा व्यावसाय गर्दै आएकोले यति लामो समय बस्न नमिल्ने भएकाले नागरिकता ढिला किन आखिर हुने काममा भन्दै प्रमुख जिल्ला अधिकारीलाई गुहार्दा सम्म प्र्रजिअ मौन रहेको सर्मिलाको भनाई छ । के यहि हो प्रशासनले दिने जवाफ ? नागरिकले आफ्नो नैसर्गिक अधिकार नागरिकता प्रप्त गर्न कतिदिन शास्ती खेप्नु पर्ने हो ?








