वैशाखमा चुनाव भए केपी ओलीको जमानत जफत हुनसक्छ : प्रदिप पौडेल



काँग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदीप पौडेलले वैशाखमा चुनाव भयो भने पनि केपी ओलीको जमानत बाँकी नरहने दाबी गरेका छन । काँग्रेस काठमाडौं क्षेत्र नम्बर ६ ले आज आयोजना गरेको विरोधसभामा नेता पौडेलले यस्तो दाबी गरेका हुन ।

उनले जनतामा जानुपर्ने डरले ओलिले चुनाबनै नगराउलान भन्ने खतरा रहेको टिप्पणी गरे ।बर्तमान सरकार र नेकपा जनतामा अलिकप्रिय भइसकेकोले उनिहरुलाई आगामी निर्बाचन सहज नहुने पौडेलको भनाइ थियो ।

कार्यक्रममा नेता पौडेलअलेगणतन्त्रलाई बर्तमान सरकार र नेकपाले विद्यातन्त्र बनाएको आरोप लगाए ।‘केपी ओली गणतन्त्रवादी नेता होइनन्, उनी गणतन्त्रविरोधी नेता हुन् । यतिबेला नेपालमा गणतन्त्र होइन विद्यातन्त्र आएको छ’ पौडेलले भने, पौडेलले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र नभइ विद्यातन्त्र लागू गरेको र  संसद् विघटन त्यसैको उदाहरण भएको उल्लेख गरे ।

कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ?’ पौडेलले प्रश्न गरे ।प्रधानमन्त्री ओलिले पार्टी भित्रको झगडाको कारण संसद् विघटन गरेको उनले आरोप लगाए ।“यो सरकार इतिहासकै सबैभन्दा निकम्मा, भ्रष्ट र असफल सरकार हो,’’ पौडेलले भने, “केपी ओलीले आफ्नै दुइतिहाइ बहुमत भएको संसद् विघटन गर्नुभयो । त्यसैले केपी ओली स्थिरताविरोधी हो ।’उनले रेल ल्याउन, पानीजहाज ल्याउन केपी ओलीलाई कसले अवरोध गर्‍यो ? भन्दै प्रश्न गरे ।

प्रकाशित मिति : माघ १६, २०७७ शुक्रबार  ११ : १७ बजे