प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जान लाग्दा ओलीको विरोधमा युवाहरुले टायर बालेका छन् ।
नारायणगढको मुख्य सडकमा कालो पर्चा फाल्दै टायर बालेर प्रधानमन्त्रीको विरोध प्रदर्शन गरेका हुन् ।
अनेरास्ववियू चितवन लेखिएको पर्चामा असंवैधानिक कदम खारेज गर, निरंकुशता लाद्न पाइदैन, प्रतिगामीहरु होसियारलगायतका नारा लेखिएको छ ।
प्रधानमन्त्री ओली सिटी हल र ६ लेन सडकखण्ड शिलान्यास गर्न आउन लागेको भन्दै नेकपा (प्रचण्ड–माधव समूह) र भरतपुर महानगरपालिकाले विरोध गरिसकेको छ ।








