सोमबार राती नेपाली सेनाले काठ्माण्डौको चक्रपथ क्षेत्रमा वख्तरवन्द गाडी घुमाउने भएको छ ।सैनिक जनसम्पर्क निर्देशनलायका अनुसार माघ १९ गते राति नियमित अभ्यास योजनाअनुसार सेनाले बख्तरबन्द गाडीले चक्रपथको चक्कर लगाउने भएको हो।
तेस्तै देशभर रहेका ८ वटा पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेव्को सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिएका छन ।
सेनाले यसलाई नियमित अभ्यास भने पनि प्रतिनिनिसभा विघटनसँगै राजनीतिक अवस्था तरल रहेको बेला सेनाले यस्तो किसिमको अभ्यास गर्नुलाई अर्थपुर्ण ठानिएको छ । यसलाई सामान्य अभ्यासको रुपमा मात्रै हेर्न नहुने सैन्य मामलाका जानकारहरु बताउछन ।
नेपाली सेनाले भने यसलाई नियमित सामान्य अभ्यास भनेको छ ।सर्वसाधारणलाई अनावश्यक त्रास नहोस् भनेर सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ।
नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी गराउदछौं ।
— NASpokesperson (@NaSpokesperson) January 31, 2021










