सरकारको प्रतिरक्षा गर्ने दायित्वबाट भाग्न मिल्दैन : महान्यायाधिवक्ता खरेल



महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफुले प्रतिनिधिसभा विघटनको बचाउ गर्ने बताएका छन ।सोमबार संसद् विघटनविरुद्धको रिटमा सरकारी पक्षको तर्फबाट बहस गर्दै उनले भने, ‘सरकारको प्रतिरक्षा गर्ने दायित्व महान्यायाधिवक्ताको संवैधानिक दायित्व हो । यो भूमिका मैले निभाउनुपर्छ, संवैधानिक दायित्वबाट पन्छिन मिल्दैन ।’

खरेल संविधान मस्यौदा समितिमा विज्ञ सदस्यका रुपमा काम गरेका व्यक्ति हुन् । उनले विगतमा बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने संविधानको व्यवस्थाका बारेमा विभिन्न ठाउँमा बोलेका थिए । त्यति बेलाको भिडियो प्रमाणका रुपमा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा पेस गरिएको छ । खरेलले सोमबार बहसका क्रममा आफूले दिएको अभिव्यक्ति ठिक भएको, अहिले पनि आफू त्यसकै पक्षमा रहेको तर अहिले आफू सरकारको बचाउ गर्ने ठाउँमा भएको बताए । रिट निवेदकको तर्फबाट बहस गर्ने कतिपयले खरेलले कसरी बहस गर्नुहोला भनेर समेत प्रश्न उठाएका थिए ।

प्रकाशित मिति : माघ १९, २०७७ सोमबार  ७ : २८ बजे