सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बिच अनौपचारिक वार्ता सुरु भएको छ ।
खानेपानीमन्त्री मणिचन्द्र थापाले नख्खु कारागार पुगी विहानै नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्त प्रकाश ओलीलाई भेटेका छन् ।
एनसेल मुख्यालयमा बम बिष्फोट गराएको अभियोगमा पक्राउ परेका सुदर्शन भनिने ओलीसँग उनले स्वास्थ्य अवस्था र वार्ताको विषयमा कुराकानी गरेको बुझिएको छ ।
सरकारले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्दै आइरहेका बेला खानेपानी मन्त्री मणि थापाले मङ्गलवार जेलमा रहेका विप्लव समूहका नेतालाई भेटेका हुन् ।
मन्त्री थापाले नख्खु कारागारमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश ओली‘सुदर्शन’सँग करिब ४५ मिनेट कुराकानी गरेका हुन् ।मन्त्री थापा मङ्गलवार बिहान १० नख्खु कारागार पुगेका थिए ।








