उपराष्ट्रपति र सभामुखद सपथ ग्रहण समारोहमा गएनन



उपराष्ट्रपति र सभामुखले संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह बहिस्कार गरेका छन् ।   राष्ट्रिपति कार्यालय शीतल निवासमा बुधबार बिहान भएको सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटा अनुपस्थित भएका हुन् । नेकपाको बिबादको असर संवैधानिक अंगभित्र पनि देखिन थालेको छ । उपराष्ट्रपति पुन प्रचण्ड–नेपाल समूहनिकट हुन् ।

यस अघी संवैधानिक निकायहाँरुमा सरकारले नियुक्ति सिफारिस गरेर संघीय संसदमा जानकारी पठाएको थियो । तर, संसदीय सुनुवाईको लागि प्रतिनिधि सभा भंग भइसकेकाले सुनुवाई सम्भव नभएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नियुक्ति सिफारिस फिर्ता गरिदिएका थिए ।

प्रकाशित मिति : माघ २१, २०७७ बुधबार  ६ : ०५ बजे