प्रचण्ड र नेपाल प्रति ओलीको कटाक्ष : कानुनको पालना गर्न चेतावनी



प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले आमहड्तालका नाममा जनतामाथि ज्यादति गरेको अरोप लगाउदै कानुनको पालना गर्न आग्रह गरेका छन् ।

अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै ओलीले भने ” कानुनको पालना गर्न सिक्नुस् हप्कीदप्की गर्ने होइन,” उनले थपे, “प्रचण्डलाई म सम्झाउन चाहन्छु ती दिन गए । जतिबेला तपाईँ संविधान, कानुन मान्दिन भनेर उपद्रो मच्चाएर हिँडनुभएको थियो । त्यो जमाना गयो ” ।

प्रचन्डप्रती लक्षित गर्दै ओलिले थप भने ‘बाटाको छेउमा बेच्न राखेको टमाटर तरकारी फ्याँकिएको छ,जनताको गाडी जलाएर तमासा हेर्न गाडीमा सयर गर्नेहरु जनताको कुरा गर्छन ।

ओलीले अर्का नेता माधब नेपालप्रति पति कटाक्ष गरे उनले भने अर्को नेता बाइक लिएर जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँडेका छन् । कार्यकर्ता छैनन्, आफैं उत्रिनुभयो ।’

प्रकाशित मिति : माघ २२, २०७७ बिहिबार  ११ : १९ बजे