आज नेकपा ओली समूहको शक्ति प्रदर्शन, ३ लाख कार्यकर्ता उतार्ने दाबी



सत्तारुढ नेकपा ओली समूहले आज आमसभा सहित शक्ति प्रदर्शन गर्ने भएको छ ।

शक्ति प्रदर्शनसहित ओली समूहले आज नारायणहिटी अगाडि आमसभा गर्न लागेको हो ।

काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किनेछन् । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ ।

जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने बताइएको छ ।

ओली समूहका नेताले आजको सभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी गरेका छन् ।

प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार  ५ : ०६ बजे