सभामुखले दायर गरेको रिटमा सर्बोच्चमा सुनुवाइ हुँदै,



सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ आज(आइतबार)बाट सुरु हुँदैछ ।सभामुख सापकोटाले दायर गरेको रिटमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुने भएको हो ।

गत शुक्रबार सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गराएका थिए । रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सहित ३९ जनालाई विपक्षी बनाइएको छ ।

न्यायाधीश ढुंगानाको चार नम्बर इजलासमा रिटको पेशी राखिएको छ । सो रिटका पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्दैछन् ।

प्रकाशित मिति : माघ २५, २०७७ आइतबार  ८ : ०२ बजे