सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ आज(आइतबार)बाट सुरु हुँदैछ ।सभामुख सापकोटाले दायर गरेको रिटमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुने भएको हो ।
गत शुक्रबार सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गराएका थिए । रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सहित ३९ जनालाई विपक्षी बनाइएको छ ।
न्यायाधीश ढुंगानाको चार नम्बर इजलासमा रिटको पेशी राखिएको छ । सो रिटका पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्दैछन् ।








