प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आगामी फागुन ९ गतेसम्मको लागि स्थगित



प्रदेश नम्बर–१ को प्रदेशसभा बैठक आउँदो फागुन ९ गतेसम्मको लागि स्थगन भएको छ ।

सत्तापक्षका सांसद्ले अवरोध गरेपछि बैठक फागुन ९ गतेसम्मको लागि स्थगन भएको हो ।

आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव सदनमा टेबुल गर्ने कार्यसूची थियो ।

आइतबार बैठक सुरु हुनसाथ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलगायतका सांसद् उठेर विरोध गरेका थिए ।

सभामुख प्रदीपकुमार भण्डारीले उनीहरुलाई बस्न आग्रह गरेलगत्तै अर्को बैठक फागुन ९ गते बस्ने घोषणा गर्दै बैठक स्थगन गरे ।

प्रकाशित मिति : माघ २५, २०७७ आईतबार  ११ : ३७ बजे