प्रधानमन्त्री केपी शर्मा ओली निर्बाचनको तयारी र नेकपा भित्रको विवादका बारेमा छलफल गर्न मंगलबार बिहान ११ बजे निर्बाचन आयोग जाने भएका छन ।
नेकपा भित्रको विवादका बारेमा आयोगले दुबे पक्षका नेताहरुलाई बोलाएको थियो ।
नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।








