४० जिल्लामा वैशाख १७ गते र ३७ जिल्लामा २७ गते चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय



मन्त्रीपरिषदले आगामी वैशाख १७ गते देशका ४० जिल्लामा र २७ गते बाँकी ३७ जिल्लामा आमनिर्वाचन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा र वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको बालुवाटार श्रोतले जानकारी दिएको छ ।

ओलिले सरकारले पुस ५ गते प्रतिनिधि सभाको असंवैधानिक विघटन गर्दै नयाँ निर्वाचनमा जाने निर्णय गरेको थियो। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  ५ : १४ बजे