प्रधानमन्त्री केपी शर्मा ओली निर्बाचन आयोग पुगेका छन ।
निर्बाचनको तयारी र नेकपा भित्रको विवादका बारेमा छलफल गर्न ओलि निर्बाचन आयोग पुगेका हुन ।
गत माघ १६ गते नेकपाका दुवै पक्षलाई आयोगले बोलाएको थियो ।
आयोगले बोलाएपछि प्रचण्ड–माधव नेपाल पक्ष आयोग कार्यालय पुगेर आधिकारिकता दाबी गरेका थिए ।
तर, प्रधानमन्त्रीसमेत रहेका ओली भने गएका थिएनन् ।
११ बजे आयोग पुग्ने भनिएपनि झण्डै एक घण्टा ढिलोगरी ११ः५५ बजेमात्रै प्रधानमन्त्री ओली आयोग कार्यालय पुगेका हुन् ।








