नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्ड’ले आग्रह गरेका छन । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई खुट्टा नकमाएए छिटो फैसला गर्न आग्रह गरेका हुन ।
‘ढिलो नगरी फैसला गर्नुहोस्, जनताको विपक्षमा फैसला गरेमा दुर्भाग्य हुनेछ त्यो जनतालाई सह्य हुनेछैन,’ आज नेकपाको आफ्नो समूहको विरोधसभामा बोल्दै प्रचण्डले अदालतलाई कडा शब्दमा भने,‘जनताको विरुद्धमा फैसला भएमा आँधी आउँछ हुरी आउँछ कसैले थाम्न सक्दैन ।’
अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेकाले ३० दिने हदम्याद कट्यो भन्नु काइते तर्क भएको भन्दै उनले भने, संवैधानिक निकायले गलत गरे देशले दुःख पाउँछ, खेलाँची नठाने हुन्छ ।’
उनले प्रधानमन्त्रीले भनेअनुसार गर्न सजिलो नठान्न पनि निर्वाचन आयोगलाई सचेत गराए । ‘कसैले सजिलो नठाने हुन्छ, नेपाली जनतालाई हेप्ने कोशिस कसैले नगरे हुन्छ’ प्रचण्डले भने ।








