नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएकोप्रती गगन थापाले बिरोध जनाएका छन ।नेता थापाले झाँक्रीको पक्राउप्रति विरोध जनाउँदै राष्ट्रपति विद्यादेवी भण्डारी र सरकारप्रति प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जाल मा प्रतिक्रीया दिदै थापाले भनेका छन , ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’
यसै बिच नेतृ झाँक्री पक्राउको चौतर्फी विरोध सुरु भएको छ । नागरिक समाज्,पत्रकार पेशाकर्मी लगायतले सामाजिक सञ्जाल मार्फत पक्राउको बिरोध गरेका छन ।कानुन बिदहरुले पनि गलत कानुन प्रयोग गरेर झाँक्री पक्राउ गरिएको भनिरहेका छन ।झाँक्रीलाई पक्राउ गरिएको मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार झाँक्रीलाई राज्यविरूद्धको कसुरअन्तर्गत पक्राउ गर्नै नमिल्ने कानुनविद्हरूले बताएका छन्।
झाक्रीले राष्ट्रपती बिरुद्द दिएको अभिब्यक्तिका कारण सरकारले केहिदिन अघिदेखिनै उनलाई पक्राउको तयारी गरेको थियो ।उनले गोरखामा आयोजित आमसभामा बोल्दै झाँक्रीले भनेकी थिइन्( राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शितल निवास छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि बानेश्वर कता घर छ र ? त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि म पनि भारी हुन सकौँला। बडामहारानीविरुद्ध यहीँ कि रेखा लोप्चनलाई चुनाव लडाउँला। जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शितल निवासमा बडामहारानीको बास भएको छ। हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस् भनेका थियौँ। नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो। मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी। विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ। विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरूको दैलो चाहर्यौं। तर हाम्रा कुरा कसैले पनि सुनेनन्। आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ








