बलात्कारिलाई पक्राउ गर्न नसक्ने, बोलेकै भरमा नागरिकलाई पक्राउ गर्ने कस्तो सरकार ? प्रदिप पौडेल



कांग्रेस युबा नेता एबम केन्द्रिय सदस्य प्रदिप पौडेलले बर्तमान सरकार फासिष्ट बन्ने बाटोमा उद्धत रहेको बताएका छन ।

सरकारले राम कुमारी झाक्रीलाई उनकै निबासबाट पक्राउ गरेपछी सामाजिक सञ्जालमार्फत प्रतिक्रीया दिदै पौडेलले यस्तो बताएका हुन ।

पौडेलले बर्तमान सरकारले हिंसा र बलात्कार गर्नेलाई पक्राउ गर्न नसकेको तर बोलेकै भरमा बन्दुक तेर्साउन र टिप्पणी गरेको आधारमै जेल देखाएर नागरिक तर्साउँन थालेको भन्दै आपत्ती प्रकट गरेका छन ।

उनले लोकतन्त्रमा सबैलाई बोल्ने अधिकार भएको स्मरण गराउदै रामकुमारी झाँक्रीलाई बिना सर्त रिहा गर्न समेत माग गरेका छन ।

नेता पौडेलले राष्ट्रपति संविधानको रक्षक र अभिवाभक बन्न नसकेको र राष्ट्रपतिले कलंकको टिका लगाई सकेको पनि आरोप लगाएका छन ।

नेतृ झाँक्रीलाई पक्राउ गरिएकोप्रती   हाल चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित मिति : माघ २९, २०७७ बिहिबार  ११ : ३८ बजे