संसद विघटन विरुद्धको रिटमाथि सर्वोच्च अदालतमा जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटको तर्फबाट बहस सकिएको छ।
आइतबारको बहसमा रिट निवेदकले जवाफ दिनेछन्। निवेदकहरुले जवाफ दिपछि एमिकस क्युरीका पाँच जनाले आफ्ना राय प्रस्तुत गर्नेछन्।
आइतबार जवाफ दिनका लागि इजलासले पाँच जना रिटकर्तालाई समय उपलब्ध गराएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध १३ रिट परेका थिए।








