सामाजिक अभियन्ता डा . गोविन्द केसीले प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रको हत्या गरेको बताउदै प्रधानमन्त्री ओलीको कदमविरुद्ध प्रजातन्त्रवादीहरु एक हुन आह्वान गरेका छन् ।
संसद् विघटनको विरोधमा शुक्रवार माइतीघर मण्डलामा गरिएको नागरिक खबरदारी कार्यक्रममा केसिले यस्तो बताएका हुन ।
केसिले आफ्नो घृणित स्वार्थका लागि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान र प्रजातन्त्रको हत्या गरेको भन्दै सम्पुर्ण प्रजातन्त्र र लोकतन्त्रवादीहरु एकठाउँमा आउन आग्रह गरे ।
खबरदारी कार्यक्रममा नागरिक समुहका अगुवाहरुले विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गर लगायत नारा लेखिएको प्लेकार्डसहित संसद विघटनको कदमको बिरोध गरे ।








