आगामी निर्वाचनको विषयमा छलफल गर्न निर्वाचन आयोगले सबै राजनीतिक दलहरुलाई बोलाएको छ।आइतबार ११ बजेका लागि दलहरुलाई आयोगमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बैठकमा बोलाइएको उनले बताए।
दलहरुलाई छलफलका लागि बोलाउँदा नेकपाको विषयलाई लिएर भने आयोगलाई अलमल भएको छ। नेकपा अहिले दुई समूहमा क्रियाशील भएको तर विभाजनले औपचारिकता नपाएको बेला आयोगले पुरानै नेकपालाई पत्र लेखेको छ।
आयोगका प्रवक्ता श्रेष्ठले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुबै जना अध्यक्षलाई सम्बोधन गरी पत्र पठाइएको बताए।सरकारले बैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेपछि पहिलो पटक निर्वाचन आयोगले दलहरुलाई छलफलका लागि पहिलो पटक बोलाएको हो।








