नेकपा प्रचण्ड – नेपाल समुहले आज तेस्रो चरणको आन्दोलन घोषणा गर्दै



नेकपाको दाहाल नेपाल समूहले आइतबार तेस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । ।

प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको दाहाल नेपाल नेकपाले पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे पत्रकार सम्मलेन गरि थप आन्दोलन घोषणा गर्ने भएको हो ।

प्रतिनिधिसभा विघटन पछि दुई समुहमा विभाजित भएको नेकपाका दुवै समूह जनता आफ्नो पक्षमा रहेको देखाउने होडमा लागेका छन् ।

दुवै समुहले काठमाडौं लगायत देशका विभिन्न स्थानमा एक पछि अर्को सभा सम्मेलन आयोजना गर्दै आएका छन् ।

दुबै समुहले दिनहु जुलुस सभा सम्मेलन र बिभिन्न कार्यक्रम गर्दै आएका छन ।

प्रकाशित मिति : फाल्गुन २, २०७७ आइतबार  ५ : ४२ बजे