देश अस्थिरताबाट जोगाउन प्रतिनिधि सभा विघटन : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले देश अस्थिरतातर्फ जानबाट जोगाउन प्रतिनिधि सभा विघटन गरेको स्पष्ट पारेका छन् ।

सरकार गठन भएको तीन बर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे ओलीले जनताले अगिल्लो निर्बाचनमा पनि उपयुक्त मत दिएपनि पात्रहरु उपयुक्त नभएका कारण नया पात्र नयाँ सोच सहित नयाँ जनादेश पाउ भन्दै जनतामा जान प्रतिनिधिशभा भंग गरेको बता

‘हामीले प्राप्त गरेको उपलब्धीलाई खेर जान नदिन अनेक प्रकारका खेलहरु सुरु हुन थालेपछि मलाई बाध्यता परेको हो,’ ओलीले भने,‘स्वस्थ्य ढंगले सरकार चलाऔं भनेको हुँ । मैंले धेरैपटक सोचें, धेरै पटक प्रयास पनि गरें तर सकिन, बैकल्पिक सरकारको संभावना पनि सोचें त्यो पनि देखिन् त्यसपछि बाध्य भएँ ।’

प्रधानमन्त्री ओलीले संसदमा पनि पटक पटक अवरोध भएको, विधेयकहरुमाथि छलफल गर्न नदिएको साथै सरकार चलाउन आफ्नै दलका नेताहरुले पटक पटक हस्तक्षेप गरेको आरोप लगाए ।

६४ प्रतिशत सांसदको निर्विरोध प्रधानमन्त्री भएकाले संसद विघटनबाहेक अर्को विकल्प आफूसँग नभएको पनि बताए ।

प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार  ७ : १५ बजे