कांग्रेस नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन लम्बाउन मात्रै चुनाबको घोषणा गरेको बताएका छन ।प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस कास्कीले आयोजना गरेको विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेर अल्मल्याउन खोजेको आरोप लगाएका हुन ।उनले ओलीले चुनाव गराउँछन् भनेर पत्याउना नसकिने दाबी गरे ।
नेता सिंहले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर न्या दिने समेत बिश्वास ब्यक्त गरे । उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे । त्यो बेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्यो । अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ । हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ । तर सर्वोच्चले आफ्नो गरिमा कायम गर्ने गरि निर्णय गर्नेछ।’
प्रतीनिधी सभा पुनर्वहाली भयो भने नेपालको राजनीतिक नेपालकै हातमा रहने तर विघटन भए मुलुकमा शक्तिकेन्द्रहरुको चलखेल बढ्ने उनको भनाइ थियो।उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको सही सन्तुलनले मात्रै संसदीय व्यवस्थामा दिगो हुने बताउदै कार्यपालिकाले व्यवस्थापिका माथि प्रहार गर्दा न्यायपालिकाले सच्चाउनुपर्ने बताए ।








