आयोगले तत्काल निर्बाचनको कार्यतालिका ल्याउनुपर्छ : सभापती देउबा



कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगले तत्काल निर्बाचनको कार्यतालिका ल्याउनुपर्ने बताएका छन् ।कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोगले सर्वाेच्चको आदेश नकुरी तत्काल चुनावी कार्यतालिका ल्याउनुपर्ने बताएका हुन् ।

निर्वाचन आयोगले पनि ढिलाई गर्नु रहस्यमय भएको भन्दै देउवाले आयोगको भूमिकामा पनि शंका व्यक्त गरे । ‘संसद् विघटन भएको ६ महिनामा चुनाव गराइसक्नु पर्ने हो,’ ‘तर आयोगलाई चासो नै छन,’ उनले भने, ‘किन आयोगले चुनावको कार्यतालिका ल्याउँदैन, शंका गर्ने बेला आएको छ । अदालतको निर्णय पर्खिने काम आयोगको होइन, आयोगले त चुनावको तयारी गर्नुपर्ने हो ।

देउबाले संसद् विघटन भएको छ महिनाभित्र चुनाव गराइसक्नु पर्ने जिकिर गर्दै भने ” अझै निर्वाचनको प्रक्रिया सुरु गरेकै छैन । संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्छ । जेठ अन्तिमसम्म ओलीले चुनाव गराउनुपर्छ। निर्वाचन आयोगको पनि त्यही काम हो ।’

प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार  १० : ५७ बजे