एमिकस क्युरीका तर्फबाट अधिवक्ता कार्कीको सुझाब : संविधानमा के लेखेको छ, त्यतिमात्र हेरियोस



प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजबाट इजलासको सहयोगी अर्थात एमिकस क्युरीका तर्फबाट राय दिने क्रम शुरु भएको छ । रिटका पक्ष र विपक्षीमा रहेका कानून व्यवसायीले आफनो बहस सकेपछि एमिकस क्युरीका तर्फबाट राय दिने क्रम सुरु भएको हो ।

क्युरीका तर्फबाट राय दिदै  वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटनको मुद्धामा फैसला गर्दा संविधानमा के लेखेको छ, त्यतिमात्र हेनुपर्ने बताएका छन् ।संवैधानिक इजलासमा मंगलबारदेखि सुरु भएको एमिकस क्युरीको राय लिने क्रममा वरिष्ठ अधिवक्ता कार्कीले जसले संविधान बनाए, उनीहरु संविधान दुर्घटनामा पर्‍यो भनेर सडक आन्दोलनमा रहेको बताए ।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की, विजयकान्त मैनाली ,सतीशकृष्ण खरेल पूर्णमान शाक्य र गीता संग्रौला रहनु भएको छ ।

 

प्रकाशित मिति : फाल्गुन ४, २०७७ मंगलबार  ७ : ५० बजे