काँग्रेस केन्द्रिय सदस्य एनपी साउदमाथि नेकपा ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन् । बैतडीको डिलासैनी गाउँपालिकामा आयोजित आमसभामा सहभागी नेता साउदमाथि ओलि नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका हुन ।
दोगडाकेदारमा नेपाली कांग्रेसको विरोधसभासभा चलिरहेकै समयमा नेकपाका अध्यक्ष सुरेन्द्र पाल नेतृत्वको अराजक समुहले आक्रमण गर्दा मञ्चमा रहेका कांग्रेस नेता एनपी साउदसहित सातजना घाइते भएका छन् ।नेकपा कार्यकर्ताहरुको आक्रमण पछी प्रभावित भएको नेपाली कांग्रेसको बिरोध सभा करिब दुई घण्टामा प्रहरी पुगेर सुरक्षा दिएपछि पुन: सञ्चालन भएको थियो ।उक्त क्षेत्रमा यसअघि पनि काँग्रेसले आयोजना गरेको कार्यक्रमहरूमा नेकपाले पटक पटक आक्रमण गरेको थियो । अहिले उक्त क्षेत्र तनावग्रस्त छ ।
यसै बिच नेपाली कांग्रेसले बिज्ञप्ती मार्फत उक्त घटनाको भर्त्सना गरेको छ ।सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको कांग्रेस प्रबक्ता बिश्वप्रकाश शर्माद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।नेपाली कांग्रेसले डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न पनि माग गरेको छ ।








