नेकपा प्रचण्ड-नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको छ ।प्रधानमन्त्री केपी ओलीले चालेको कदमविरुद्ध उक्त समुहले टुँडिखेल घेराउ गरेको हो ।
प्रतिनिधि सभा विघटनविरुद्ध यसअघि विरोध सभा तथा आमहड्तालसहित तीन चरणको आन्दोलन गरिसकेको प्रचण्ड-नेपाल समूहले चौथो चरणको आन्दोलनअन्तर्गत मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको हो ।
प्रतिनिधि सभा विघटनपछि प्रचण्ड-नेपाल पक्ष आन्दोलित छ । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन ररहेको छ ।








