नेकपा (प्रचण्ड–माधव नेपाल) समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ। पेरिस डाँडामा बस्ने बैठकमा पार्टीको भावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ।बैठकमा केन्द्रीय सदस्यहरुलाई नगारिकतासहित उपस्थित हुन निर्देश दिइएको छ ।निर्बाचन आयोगले नेकपाको विधानअनुसार आफूहरुलाई आधिकारिकता दिनमा लापरबाही गरेको ठहर गर्दै प्रचण्ड–नेपाल समूहका नेताहरुले नगारिकतासहित निर्वाचन आयोग जाने तयारी गरेका छन । ।
प्रचण्ड–नेपाल समूहले करिब ६६ प्रतिशत केन्द्रीय सदस्यहरु आफूतिर रहेको अवस्थामा पनि सूर्यसहितको नेकपाको आधिकारिकता नदिएपछि अब प्रक्रिया नै पूरा गरेर आयोग जाने बताएको हो ।आयोगले भने आधिकारिकता दिन आलटाल गरिरहेको छ । आयोगको आलटालले नेकपाको प्रचण्ड–नेपाल र ओली समूहबीच औपचारिक फुट नभएजस्तो देखिएको छ ।








