काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले काम थाल्यो



नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले आफ्नो काम अघी बढाएको छ ।

समितिको शुक्रबार बसेको पहिलो बैठकले गरेका निर्णयहरु

१- आफ्नो अत्यन्त कार्यव्यस्तताको वावजुद पनि समितिको प्रथम बैठक अवधिभर उपस्थित हुनु भई समितिको कार्यमा महत्वपूर्ण मार्गनिर्देश गर्नु भएकोमा पार्टीका महामन्त्री श्री पूर्णबहादुर खड्काप्रति हार्दिक धन्यवाद प्रकट गर्ने ।

२- यस समितिको सचिवमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा सचिवद्वय डा. प्रदिप पराजुली (प्राविधिक तर्फ) र अधिवक्ता केशव रिजाल (प्रशासन र निर्णय प्रक्रियातर्फ) लाई नियुक्त गर्ने ।

३- नेपाली कांग्रेस तेह्रौ महाधिवेशनको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको कार्यविधिलाई आवश्यक संशोधन र परिमार्जन गरी समितिका सचिव केशव रिजालले फाल्गुण ११ गते मंगलवार विहान ११ः०० बजे वस्ने समितिको अर्को बैठकमा मस्यौदा प्रस्तुत गर्ने ।

४-क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी) र गा.पा./न.पा., प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपी समेत क्रियाशील सदस्यता सम्बन्धी सम्पूर्ण विवरण केन्द्रमा बुझाउन बाँकी रहेका सबै जिल्ला कार्यसमितिहरु र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिहरुलाई केन्द्रीय कार्यसमितिको फाल्गुण ०६, २०७७ को बैठकको निर्णय अनुसार, तोकिएको मितिभित्र नै सम्पूर्ण कार्य तोकिएको प्रक्रिया पु¥याई सम्पन्न गर्न र क्रियाशील सदस्यताको सम्पूर्ण विवरण सहितका कागजात र नामावलीको सूची केन्द्रमा पठाउनका लागि समितिको तर्फबाट लिखित पत्राचार र प्रेस विज्ञप्ती मार्फत अनुरोध गर्ने ।

५- जिल्ला सभापति, क्षेत्रीय सभापति र मातहत तहको सभापतिसंग सम्पर्क गरी क्रियाशील सदस्यता वितरण र नविकरणका सम्बन्धमा जिल्लाहरुमा हालसम्म भइरहेको कार्य प्रगतिको पछिल्लो अवस्थाको जानकारी लिन र तोकिएको मितिभित्र तोकिए बमोजिमका सम्पूर्ण कार्य अनिवार्य सम्पन्न गर्नका लागि ध्यानाकर्षण गर्न र तत्सम्बन्धी विषयमा समितिको आगामी बैठकमा छलफलका लागि प्रस्तुत गर्नका लागि समितिका देहाय बमोजिमका सदस्यहरुलाई देहाय

बमोजिमको प्रदेशहरु तोकी जिम्मेवारी प्रदान गर्ने ।

१- आनन्दप्रसाद ढुंगाना र जीवन परियार –प्रदेश नं. १ र २

२- श्यामकुमार घिमिरे र प्रदिप पौडेल –वाग्मती प्रदेश र गण्डकी प्रदेश

३- कल्याणकुमार गुरुङ्ग र योगेन्द्र चौधरी –लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश ।

६- समितिको अर्को बैठक २०७७ फाल्गुण ११ गते विहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालयमा वस्नेछ ।

प्रकाशित मिति : फाल्गुन ९, २०७७ आइतबार  ३ : २९ बजे