प्रदेशसभा १ को बैठक बस्दै,अविश्वासको प्रस्ताव टेबल हुने



पटक पटक स्थगित हुँदै आएको प्रदेश १ को प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्दैछ । गत माघ २५ को बैठकमा मुख्यमन्त्रीराईमाथीको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो तर सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए।

आज बस्ने भनिएको प्रदेशसभाको बैठकलाई रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई मुख्यमन्त्री शेरधन राईको तर्फबाट दबाब आएको बताईएको छ । तर सभामुख भण्डारीले भने यस्को अस्वीकार गरेका छन्।

संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेकपा (ओली समूह)ले बैठक अवरुद्ध गर्ने बताएका छन् । तर नेकपा प्रचण्ड“माधव समूहले भने आजको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्नैपर्ने बताएका छन् । तर सभामुखले आज अविश्वास टेबल हुने मुख्यमन्त्री निकट स्रोतले बताएका छन् ।

प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार  ७ : ०४ बजे