प्रधानमन्त्री ओलि आज कञ्चनपुर जाँदैं, सुरक्षा व्यवस्थामा कडाई



प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जादैछन । कञ्चनपुरको बेदकोट नगरपालिका २ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न ओलि कञ्चनपुर जान लागेका हुन ।

प्रधानमन्त्री ओली कञ्चनपुर आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्‌।

प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन्‌। कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ।

प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार  ४ : १० बजे