प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जादैछन । कञ्चनपुरको बेदकोट नगरपालिका २ स्थित दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गर्न ओलि कञ्चनपुर जान लागेका हुन ।
प्रधानमन्त्री ओली कञ्चनपुर आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडाई पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन्।
प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन्। कार्यक्रमस्थल नजिकै विद्यालयको मैदानमा हेलिकोप्टर अवतरण गर्न अस्थायी हेलिप्याडसमेत निर्माण गरिएको छ।








