प्रतिनिधि सभा पुनर्स्थापना भए पनि हाम्रो राजनीति सकिदैन : प्रधानमन्त्री ओली



प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आगामी राजनैतिक परिस्थिति जस्तोसुकै आए पनि आफ्नो राजनीति नसकिने भन्दै विघटित प्रतिनिधि सभा पुनर्स्थापना भएपनि फरक नपर्ने सङ्केत गरेका छन ।

कञ्चनपुरको बेतकोट स्थित दैजी-छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहलाई लक्षित गर्दै भने ” केही मान्छेहरू यस्तो भयो भने आफ्नो राजनीति सकिन्छ भनेर छटपटाइरहेका छन्। तर, हाम्रो राजनीति जे भए पनि सकिँदैन।’

उनले अदालतलाई धम्की नदिएको दाबी गर्दै थपे, ‘हामी लोकतन्त्रमा न्यायालयलाई धम्क्याउने, दबाब दिने कुरामा विश्वास गर्दैनौं। मैले कसैलाई धम्की दिनुपर्ने आवश्यकता छैन। हामी स्वतन्त्र न्यायालयको पक्षमा छौं, शक्ति पृथकीकरणको पक्षमा छौं।’

 

प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार  १२ : २९ बजे