प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले बालुवाटारमा विहान १०ः ३० बजे बैठक बोलाएका हुन ।
मन्त्रीपरिषदले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को बैठक अघी प्रधानमन्त्री ओलिले राष्ट्रीय सुरक्षा परिषदको बैठक बोलाएका थिए ।
सुरक्षा परिषदको बैठकमा विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने बारेमा छलफल भएको बुझिएको छ ।
सरकार र विप्लव नेकपाबिच हाल बार्ताको तयारी चलिरहेको छ ।
वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको हो ।








