राजीनामा दिन प्रधानमन्त्री ओली तयार



प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनेबारे परामर्श थालेका छन् । उनले त्यसबारे परामर्श गरिरहेको नेपाल कम्युनिस्ट पार्टी ओली समूहका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ । मुलुकलाई अन्योलमा राख्नु हुदैन भन्ने भनाई हो’ प्रवक्ता ज्ञवालीको भनाई छ । ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।

ज्ञवालीले थप भने‘प्रधानमन्त्री जे गर्दा ठिक हुन्छ त्यही गर्ने विषयमा परामर्शमा हुनुहुन्छ ।’ मुलुकलाई अन्यौल र अनिर्णयमा राख्न नहुने पक्षमा ओली रहेको बताए ।

ज्ञवालीले छिट्टै प्रतिनिधि सभा बैठक डाक्न मन्त्रिपरिषदले सिफारिश गर्ने जानकारी दिए । सर्वोच्च अदालतको हिजोको फैसला अनुसार १३ दिनभित्र संसद बैठक ठाक्नुपर्ने हुन्छ । ज्ञवालीले सर्वोच्चको फैसलाको सम्मान गर्दै फैसला कार्यान्वयन गर्ने निर्णय गरने बताए ।

प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार  १० : ०९ बजे