कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।
जोशीको हाल नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ।
शुक्रबार बिहान ३ बजेबाट जोशीको स्वास्थ्यमा समस्या आएको परिवारिक श्रोतले बतायो ।
यसैबीच कांग्रेसका सभापति शेरबहादुर देउवाले ट्वीट गर्दै जोशीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।








