तत्काल स्थायी समिती र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-नेपाल समूहको निर्णय



नेकपा प्रचण्ड-नेपाल समूहले पार्टिको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

उक्त समुहको आज बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिए ।

स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको भएपनी बैठकको मिती भने तोकिएको छैन ।

बैठकले पार्टीको आधिकारिकता सम्बन्धी पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  ५ : ५२ बजे