अलविदा ! फरक सोच र शैलिका प्रतिमूर्ति मित्रसेन दाहाल :  जीवन शर्मा



मानीस जन्मन्छ अनि मर्छ । यो शाश्वत सत्य हो । हामी यही सत्यमा अडेका छौं । जन्मेपछि मर्नु पर्छ भन्ने सबैलाई थाहा हुँदा हुँदै पनि कहिले र कसरी मृत्यूशैयामा पुगिन्छ त्यसमा सबै अनविज्ञ हुन्छन् । म यो समय भित्र देह त्याग गर्छु भन्ने कसैलाई थाहा भैदिएको भए उसले जिउनका लागि हरप्रयास गर्थोहोला । सामाजिक अभियानका एक नक्षत्र मित्रसेन दाहाललाई पनि यस्तै भयो । दैवले पनि यो लोकबाट असल मान्छेहरुलाई छानेर लादोरैछ ।

दाहाल अल्पायुुमै हामीबाट सदाका लागि विदा हुनुभयो । वाहालाई पनि धेरै बाच्ने र यो समाजका लागि अझै केही गर्ने इच्छा हुँदो हो । तर वाहालाई थाहै नदिई मृत्यूले जित्यो र वाहा हार्नुभयो । २०१९ सालमा ओखलढुंगाको रामपुरस्थित लामिडाडामा जन्मनुभएका दाहालको २०७७ फाल्गुण ७ गते प्रजातन्त्र दिवशकै दिन देहवासन भयो । प्रजातन्त्र प्राप्तीको लडाइमा लामो संघर्ष गर्नुभएका दाहालले राजनीतिक जिवनमा धेरै लाभ लिन सक्नुभएन । तरपनि सामाजिक आन्दोलनको ऐना बाट हेर्दा दाहाललाइ देशकै फरक सोच र शैलीको प्रतिमूर्तिको उपमा दिन सकिन्छ ।

मानिस अथक दुख र मेहनतका साथ आफ्नो सुन्दर भविश्य निर्माणको बाटो तय गर्न हरतरहका सर्घष गर्छन नै । सामान्य परिवारमा जन्मीएर आफ्नो भविश्य संगै समाजलाई केही दिनु पर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका मित्रसेन दाहालको जिवन पनि कम चुनौतिपूर्ण र संघर्षशिल थिएन । अझै वीस बर्ष सामाजिक राजनीतिक आन्दोलनमा होमिने उमेर हुँदा हुँदै धर्तीबाट अन्तिम विश्राम लिन पुग्नुभएका दाहालले यो समाजलाई केही न केही छाडेर जानुभएको छ । व्यक्तिगत हिसावले म संग नजिककै सम्बन्ध भएपनि आ–आफ्नो व्यस्तता वा व्यवहारिक समस्याका कारण सञ्चार माध्यामबाट कुरा हुने बाहेक पछिल्लो एक बर्ष देखि भौतिकरुपमा भेट हुन सकेको थिएन् ।

२०७७ फाल्गुुण ७ गते समाचार संकलनका क्रममा ओखलढुंगाको पश्चिमी भुुगोल चम्पादेवी गाउपालिकाको सदरमुकाम सुन्दरपुर डाडामा पुुगेको थिए । त्यसै वेला म संगै रहनुुभएका चम्पादेवी गाउपालिका प्रमुुख नवराज केसीको मोवाइलमा अचानक मित्रसेन दाइको हृदयघातका कारण अवस्था अन्तिम भन्ने फोन आयो । हामीलाई केहीवेर अपत्यारीलो भयो । काठमाण्डौमा रहेका ओखलढुंगेहरुसंग फोन गर्यौ । केही समयपछि मित्रसेन दाई वित्नुुभयो भन्ने खवर आयो । मेरो लागि यो पत्यारीलो घटना थिएन् तर सत्य सावित भयो । फेसबुक वालहरुमा दाहालको फोटो सहित वाहालाई चिन्ने, आफन्त, राजनीतिक सहकर्मी, नेता, कार्यकर्ता, सामाजिक अभियान्तहरुले श्रद्धाञ्जलीका शब्दहरु अर्पण गर्नथाले । यो घटनाले म लगायत संगै रहनुुभएका चम्पादेवी गाउपालिका प्रमुुख नवराज केसी सहित स्थानीयहरुले समाजको एउटा असल व्यक्ति गुमाएको अनुुभुुति गरौं हामीसंग अन्तिम विकल्प यो भन्दा केही थिएन् । मैले वाहालाई एक बर्षदेखि नभेटेको अव सदाका लागि भेट्न पाइन ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस बाट ओखलढुंगा प्रदेश (क) को टीकट लिएर आउदा वाहाको पक्षमा भोटमाग्ने क्रममा निकै गाउबस्ती संगसंगै हिड्ने अवसर जुरेको थियो । सरल, इमान्दार र निष्ठाको राजनीतिमा अडिक रहने वाहाको व्यक्तित्व हो । चुनावमा धेरै उमेद्वारहरुले आफु जित्नका लागि हरेक तिकडमबाजी गर्छन । दुर दराजका विपन्न नागरिकसंग पुुग्दा धेरै उमेद्वारहरुले पौसाको बाढी चलाए, विकासको मूल फुटाउने झुटको खेति लगाए, चुुनावको समयमा प्रत्येक समुुदायमा पुग्दा किसानले पालेका राँगा, बोका र कुुखुुरा नराख्ने अभियान नै चलाए । तर मित्रसेन दाहालको बैचारिक्ता र समाजलाई कसरी सत्मार्गमा डोर्याउन सकिन्छ, अनि नागरिकलाई कसरी विकास र रोजगारीसंग जोडेर समृद्ध समाज निर्माण गर्न सकिन्छ भन्ने चेतनाको वाणी नै वाहाले छाडेर जानुुभएको सञ्जीवनी बुटी हो । सामाजिक, राजनीतिक आन्दोलनमा लागेका जुनसुकै पुस्ता वा विचारसंग आवद्ध नागरिकले वाहाको यो सिद्धान्तलाई अगाल्न सक्नुुपर्छ ।

मृगौला प्रत्यारोपण गरेर निरन्तर औषधिकै भरमा समेत सामाजिक आन्दोलन, राजनीतिक क्रियाशिलता, नयाँ काम गर्ने कौशलता, अरु भन्दा फरक काम गर्ने क्षमता, सबैलाई सत्मार्गमा लाग्न प्रेरित गर्ने वानी, सबै तह र विचारका व्यक्तिहरुसंग छलफल, संवाद सर सल्लाहा आदान प्ररदान गर्ने संकल्प, २० बर्ष पछिको भविश्य देखेर नयाँ कार्यको थालनी गर्ने सोच मेरा लागि मित्रसेन दाइले छाडेर जानुुभएको प्रेरणाका श्रोत हुुन् । करिव १५ बर्षको उमेरदेखि प्रजातन्त्रको पक्षमा लाग्नुुभएका मित्रसेन दाहालले लेखन, बजारीकरण, साहित्यीक सामाजिक, क्षेत्रमा अब्लता प्रस्तुत गर्नुुभएको छ । बार्षिक रुपमा जिल्लाका दर्जनौ विपन्न र जेहेन्दार छात्र÷छात्राहरुलाई छत्रबृति उपलब्ध गराएर पढ्ने अवसर दिलाउनदेखि, विज्ञापन एजेन्सी, छापाखान, सहकारी हुँदै बृहत ज्येष्ठ नागरिकग्रा (जेपी मैत्रीआश्रम) सञ्चालन सम्म आइपुुग्दा यो समाजमा वाहाको योगदान अतुलनीय छ भन्ने विश्वास सबैमा छ ।

वहाले सुुरु गरेर छाडेका कतिपय अधुुरा कामहरु पारिवारीक सदस्यहरु र वाहाकै साथ सहयोगिहरुबाट पूूर्णता पाउनुु पर्छ । मित्रसेन दाहाल हामी विच नभएपनि वाहाले देखाएको सत्मार्ग, फरक सोच र शैली प्रशंसनीय छ । दाहालको निधनले आम लोन्त्रवादीहरु संगै सामाजिक अभियान्ताहरुलाई अपूूरणीय क्षति पुुगेको छ । प्रजातन्त्रवादी योद्धाको देहान्त प्रजातन्त्र दिवशकै दिन भएकाले वाहाको स्मृति दिवश धेरैले भुुल्दैनन यो मानेमा वाहा भाग्यमानी हुुनुुहुुन्छ । वाहाको कर्म, समाजप्रतिको योगदान, उत्तरदायित्व, बहुुआयामिक क्षमता र सत्मार्ग लाई एउटा सामाजिक अभियान्ताले भुुल्ने छैन । फरक सोच र शैलिका प्रतिमूर्ति स्व.मित्रसेन दाहाल प्रति हार्दिक श्रद्धाञ्जली परिवारजनमा गहिरो समवेदन !

लेखक  शर्मा नेपाल प्रेस युनियन ओखलढुंगाका अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार  २ : ०३ बजे