प्रहरी सुरक्षासहित विप्लवलाई काठमाडौँ ल्याइँदै



नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’काठ्माण्डौ आउनकालागी नवालापुरबाट प्रस्तान गरेकाअ छन ।

सरकार र पार्टीबीच भएको ३ बुँदे सहमतिपछि विप्लव दुई वर्षपछि आज सार्वजनिक भएका हुन् ।

काठमाडौँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनि नवलपरासीबाट प्रस्थान गरेका हुन । उनलाई प्रहरीको सुरक्षासहित काठमाडौँ ल्याइँदैछ ।

बिहीबार राति नै देवचुली पुगेका उनलाई शहीद परिवारले टिका लगाएर बिदा गरेका थिए । त्यसअघि उनले पार्टीका कार्यकर्तासँग भेटघाट गरेका थिए ।

आज नै महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार  ४ : ०७ बजे